काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ। आज बिहान राष्ट्रपति निवास शितलनिवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।
राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता भएको दाहालका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए। साथै भेटवार्तामा समसमायिक विषयमा छलफल भएको सापकोटाले बताए। लामो समयअगिदेखि दाहाल र राष्ट्रपतिबीच भेटवार्ता भएको थिएन।
प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर छन्। अध्यक्ष ओलीले दाहाललाई आवश्यक परे पार्टीका बैठकहरू राख्न सक्ने अधिकारसमेत दिएका थिए।