कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गरेका छन्। बेलायतस्थित तमू धीं नामक संस्थाले सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी हुन धर्मपत्नी कुमारीमुनी गुरुङसँगै बेलायत प्रस्थान गरेका हुन्।
‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आगामी आइतबारदेखि शुरु हुने नेपाली मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिका रुपमा बेलायत गएका हुन्।
बेलायत बसाइका क्रममा उनले नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुनाका साथै स्वदेशमा लगानीका लागि नेपालीहरूलाई आग्रह गर्ने र नेपाल भ्रमण वर्षका लागि वातावरण बनाउनुहुने बताएका छन्।
मुख्यमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीे सम्हाल्ने उनका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले बताए।
मुख्यमन्त्री गुरुङ यही भदौ १४ गते स्वदेश फर्किने छन्।(रासस)