काठमाडौं – सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले सहज सम्बन्ध चाहेको सन्देश पठाएका छन्। उनले कतिपय मुद्दामा असहमति हुँदा पनि व्यक्तिगत सम्बन्धमा दरार ल्याउन नचाहेको सन्देश पठाएका हुन्।
नेपाल निकट मानिने नेकपाका नेता तथा बंगलादेशका लागि राजदूत नियुक्ति हुने चरणमा रहेका डा.वंशीधर मिश्रमार्फत ओलीसम्म सो सन्देश पठाइएको हो।