काठमाडौं – भगवान श्रीकृष्णको पुजा आरधना गर्दैै आज कृष्ण जन्माष्टमी मनाईदै छ। द्वापरयुगमा जन्म लिएका भगवान कृष्णको जन्मोत्सवको रुपमा कृष्ण जन्माष्टमी हरेक वर्ष भदौको कृष्ण अष्टमीका दिन मनाउने गरिएको छ।
हिन्दु धर्मग्रन्धहरुका अनुसार कृष्णको जन्म भगवान बिष्णुको आठौं अवतारको भएको मानिन्छ। द्वापरयुगमा मानवजातीमाथी भएको अत्याचारबाट मुक्ति दिलाउनका लागि भगवान बिष्णुले वासुदेव र देवकीको कोखबाट मानव रुपमा जन्म लिएर कंशजस्ता राक्षसको बध गरेको धर्मशास्त्रमा उल्लेख छ।
त्यस्तै महाभारतको युद्दमा पनि भगवान श्रीकृष्णले महत्वपुर्ण भुमिका निर्वाह गरेको पाइन्छ। त्यस युद्दमा उनले अर्जुनको सारथी बनेर सघाएका थिए। त्यहि युद्दको दौरान श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो।