काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतका बिदेशमन्त्री एस. जयशंकरले आज राष्ट्रपती बिद्यादेवी भण्डारीलाई भेट्ने भएका छन्। उनीहरुको भेट बिहान १० बजेको लागि तय भएको छ। राष्ट्रपती भण्डारीसँग भेट्नुअघि भारतीय बिदेशमन्त्री एस. जयशंकरले पशुपतीनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम पनि छ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सरिक हुन आएका उनले हिजो प्रधानमन्त्री के. पी. शर्मा ओलीलाई भेटेका थिए। उनी आजै दिउँसो ३ बजे स्वदेश फर्किने कार्यक्रम छ।