काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको जिम्मेवारी वामदेव गौतमले पाएका छन्। उनलाई सत्तारुढ दलको आज शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि सो पार्टीमा उपाध्यक्ष पदको व्यवस्था नै गरिएको थिएन। आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमकै लागि उपाध्यक्ष पद सिर्जना गरेर सोको जिम्मेवारी दिने प्रस्ताव बैठकमा राखेका थिए।
अध्यक्षद्वयको प्रस्तावमा सचिवालयका सदस्यहरूले सहमति जनाएका छन्। उनलाई उपाध्यक्षको जिम्मेवारी दिने औपचारिक निर्णय भने स्थायी कमिटी बैठकले गर्नेछ। सचिवालयको निर्णयअनुसार गौतमलाई उपाध्यक्षको जिम्मेवारी दिने प्रस्ताव स्थायी कमिटीमा अब लगिनेछ।