काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शुक्रबार हान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागीय जिम्मेवारीका कार्य सल्ट्याएको छ। नेकपाको उक्त बैठकले पार्टीका ३३ विभागको जिम्मेवारी टुंग्याएको हो।
उक्त पार्टीमा लामो समयदेखि स्कूल विभाग प्रमुखको जिम्मेवारी कसले पाउने भन्नेमा विवाद रहेको थियो। अब पार्टीले स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेललाई जिम्मेवारी सुम्पिएको छ। यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन्।
त्यस्तै, प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन्। त्यसैगरी, प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ।