बग्दाद - इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी सोमबार १० जनाको मृत्यु भएको छ। अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रूपमा गरेको कारबाहीमा मारिएका ती सबै इस्लामिक स्टेट्स (आईएस)का लडाकू रहेका जनाइएको छ।
इराकको प्रतिआतङ्कवादसम्बन्धी निकाय (सीटीएस)को संयोजनमा अहिले सुरक्षा कारबाही तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्। आईएस लडाकूहरू लुकेर बसेको सूचनाका आधारमा उनीहरूले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन्।
सीटीएसले अतिवादी लडाकूहरूविरुद्ध गरेको कारबाहीका क्रममा उनीहरूमध्ये ८ जनाको मृत्यु भएको वक्तव्यमा उल्लेख गरिएको छ। सुरक्षाकर्मीहरूले अतिवादीहरूविरुद्ध कडा रूपमा प्रस्तुत हुँदा सन् २०१७ मा देशको सुरक्षा अवस्था नाटकीय रूपमा सुधार भएको थियो। (रासस/सिन्ह्वा)