काठमाडौँ – लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव १३ बिन्दुले सुधार आई एक हजार २ सय ३३ दशमलव ८५ बिन्दुमा कायम भएको छ।
यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव १२ बिन्दुले बढेर २ सय ६७ दशमलव ७२ बिन्दुमा पुगेको छ। नेप्सेमा सामान्य सुधार भए पनि कारोवार रकममा भने सुधार देखिएको छैन। कूल १ सय ७१ कम्पनीको १८ लाख २१ हजार ८ सय २२ कित्ता शेयर रू ३१ करोड ४२ लाख २८ हजार ९ सय २१ मूल्यमा खरीद बिक्री भएको छ।
स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ। बैंकिङ शून्य दशमलव ४२, व्यापार ६ दशमलव २५, जलविद्युत् २ दशमलव ५२, निर्जीवन बीमा ३४ दशमलव ३२ र अन्य उपसमूह शून्य दशमलव ८५ बिन्दुले घटेको छ। यस्तै होटल २० दशमलव ५९, विकास बैंक ५ दशमलव २१, वित्त २ दशमलव ९१, उत्पादन ८ दशमलव १५, लघुवित्त ५ दशमलव ५, जीवन बीमा १९ दशमलव ६१ र सामूहिक लगानी कोष शून्य दशमलव ४ बिन्दुले बढेको छ।
स्टकका अनुसार कारोवारका आधारमा रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रू दुई करोड ५९ लाख तीन हजार चार सय मूल्य बराबरको शेयर खरीद–बिक्री भएको छ। यस्तै साञ्जेन जलविद्युत् कम्पनी रू एक करोड ४९ लाख ४२ हजार ३ सय ८०, प्रभुु बैंक रू एक करोड ३८ लाख ४४ हजार ७१, मेघा बैंक लिमिटेड संस्थापक शेयर र एक करोड २६ लाख ९४ हजार, एनसिसी बैंक रू एक करोड २४ लाख ९२ हजार ६ सय ६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेका छन्।
आज बढी कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था ९ दशमलव ८९, बल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ९ दशमलव ९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७ दशमलव ७३, जोशी हाइड्रोपावर ७ दशमलव ३५ र मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले पाँच प्रतिशतले कमाएका छन्। यस्तै, विशाल बजार कम्पनी ५ दशमलव २६, एनआइबिएल प्रगति फण्ड ४ दशमलव ७२, एनआइबिएल समृद्धि फण्ड एक ३ दशमलव ९१, नेपाल एग्रो लघुवित्त वित्तीयी संस्था ३ दशमलव ३७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ३२ प्रतिशतले गुमाएका छन्। (रासस)