भारत - दक्षिण भारतीय राज्य केरलामा गत २४ घन्टाभित्र आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाइएको छ।
यस बाढीको कारण २२ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार केरलाको प्रायः भागमा आएको भारी वर्षापछि बाढीको प्रकोप निम्तिएको हो।
बाढीको प्रकोपबाट घरबारविहीन भएका व्यक्तिहरूका लागि देशभरि ३ सय १५ वटा उद्धार शिविर खोलिएको सरकारी अधिकारीहरूले जनाएका छन्। शिविरहरूमा ५ हजार ९ सय ३६ परिवारका २२ हजार १ सय ६५ व्यक्ति शरण लिई बसेकाे जनाइएको छ। (रासस/सिन्ह्वा)