काबुल - अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारवाहीमा तालिबानका १ गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन्। अफगान रक्षा मन्त्रालयले शनिबार उक्त जानकारी दिएको छ।
फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारवाहीमा मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
तर, यस विज्ञप्तिमा यस कारवाही अफगान बायुबल अथवा नेटोआबद्ध संयुक्त सेनाले गरेको विषयमा विस्तृत विवरण दिइएको छैन।
यस प्रान्तमा तालिबान लडाकू समूह र सुरक्षाफाैजबीच बारम्बार झपड हुँदै आएको पाइन्छ। तालिबान लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन्। (रासस /सिन्ह्वा)