श्रीनगर (भारत) - गत साताको अन्त्यमा भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सैनिक तैनाथ गरिएपछि स्थानीय त्रसित बनेका काश्मिरबाट एएफपीलाई प्राप्त सूचनाहरूमा जनाइएको छ। यद्यपि, भारतीय अधिकारीले उक्त कदम नियमित तालिकाअनुसार भएको जनाइएको छ।
भारतले मुसलमान समुदायको बहुमत भएको उक्त हिमाली क्षेत्रमा सन् १९४७ मा भारत र पाकिस्तान विभाजित बनेपछि उक्त क्षेत्रमा करिब ५ लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ। काश्मिर क्षेत्रमा पछिल्ला वर्षहरूमा विद्रोहीहरूका गतिविधि बढेको भारतीय बुझाइ छ भने भारतको सर्वोच्च अदालतले गत वर्ष काश्मिरसम्बन्धी एउटा मुद्दामा सुनुवाइ सुरु गरेपछि स्थानीयहरूमा उनीहरूमा निहित विशेषाधिकार गुम्नसक्ने त्रास बढेको बताइएको छ।
अधिकारीले भनेका छन्, “सैनिक दस्ताको तैनाथी गत वर्षदेखि निर्वाचनका लागि खटिएका सैनिक अधिकारीलाई आराम दिन र वार्षिक रूपमा हुने हिन्दू तीर्थयात्रीको सुरक्षाका लागि भएको हो।” उक्त स्थानमा २० हजार सैनिकहरू तैनाथ गर्ने योजना सरकारको रहेको बताइएको छ।
“सैनिकहरूले लगातार ७ महिनादेखि उक्त क्षेत्रमा निरन्तर काम गरिरहेका, केही बिदामा घरमा जान चाहेका र केहीलाई तालिममा खटाइएकाले सीमा क्षेत्रमा सुरक्षाको प्रत्याभूत गराइराख्न १० हजार सैनिक अधिकारी तैनाथ गरिएको हो,” प्रहरी महानिर्देशक दिलबाग सिंहले बताए।
“नियमित सेवाका लागि उक्त स्थानबाट २ सय कम्पनी (२० हजार सैनिक) माग भएकाले थप केही जाने तयारी रहेको छ।” तर, एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने, “यस क्षेत्रमा सम्भावित विरोध तथा आन्दोलनका कार्यक्रम हुनसक्ने सूचनाका आधारमा थप सैनिक तैनाथ गरिएको हो।” तर, उनले यसबारेमा विस्तृत विवरण दिएनन्। (रासस/एएफपी)