काठमाडौं - ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले यही साउन ३२ र भदौ १ गते राष्ट्रिय श्रमिक प्रशिक्षण भेला गर्ने निर्णय गरेको छ। दुईदिने सो राष्ट्रिय भेलामा श्रमिकहरुका विविध समस्या, श्रमिकका सेवा/सुविधा तथा हकहित, श्रमिकहरुको व्यक्तित्व र नेतृत्व विकास तथा महासंघको भावी कार्यक्रमका बारेमा बृहत् छलफल हुने ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले जनाएको छ।
महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा आज बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो। भेलामा देशभरिबाट करिब ३ सय अगुवा श्रमिकहरुको सहभागिता रहने बताइएको छ। राप्रपाका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यमा सञ्चालन हुने सो सम्मेलनमा पार्टीका पदाधिकारीहरु तथा केन्द्रीय नेताहरुले प्रशिक्षण दिइने ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले जनाएको छ।