मिर्जापुर (भारत) - भारतीय राष्ट्रिय काङ्ग्रेसकी महासचिव प्रियङ्का गान्धीले आफू जेल जान तयार रहेको बताएकी छन्।
गत जुलाई १७ तारिखका दिन मिर्जापुरकाे साेनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरूका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन्।
उनले ट्विटरमा लेखेकी छन्, “पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु।” आफूले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि उनले गरेकी छन्।
काङ्ग्रेसकी महासचिव गान्धीले आफूले हिंसा नचाहेको र पीडितका आफन्तहरूलाई आफूले जसरी पनि भेट्ने बताएकी छन्। (रासस/एएनआई)