झेन्झाउ - चीनको एउटा ग्यास उद्योगमा शुक्रबार बेलुका भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। घटनामा परी अरू १९ जना घाइते भएका छन् भने ५ जना सम्पर्कविहीन रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.४५ मा विस्फोट भएको हो। इमा शहरमा अवस्थित हेनान कोल ग्यास कम्पनी लिमिटेडको ग्यास उद्योगमा विस्फोट भएको स्थानीय प्रशासनले जनाएको छ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। (रासस/सिन्ह्वा)