- श्रीविलास दाहाल
अहिलेको युग ‘एनी हाउ पैसा कमाऊ’ अर्थात् जसरी भए पनि पैसा कमाऊ। तर, किन कमाऊ, कति कमाऊ? यसको परिभाषा कसैले गर्दैन। पैसा कमाएर सुखी सन्तोषी हुने भए अमेरिकी वर्तमान राष्ट्रपति ट्रम्प किन पावरका पछि लाग्थे? पैसाभन्दा पावर ठूलो रहेछ भन्नुपर्ला? नेपालमा धनी भनेर संसारभरि गनिएका श्रीमान विनोद चौधरी यता र उता, कहिले कम्युनिष्ट अहिले कांग्रेस पार्टीतिर पावरकै लागि कुदिरहेका छन्। उद्योग, वाणिज्य, अर्थमन्त्री पाए नाइँ नभन्लान्। पैसाका लागि नै पावरतिर होलान्?
नेपाल उखानटुक्कामा धनी छ। धन चैँ कसरी कमाउनेभन्दा चलनचल्तीको एउटा उखानबाट प्रारम्भ गर्नु ठीक होला कि? ‘धन आवे बाख्रापाठा’, धन बाख्रापाठा पालेर पनि आउँछ। सिक्किम प्रान्त भारतका सदावहार मुख्यमन्त्री यसपालि भूतपूर्व भएका छन्। त्यो कति दिनलाई हो। उनी आफ्ना आमसभाहरूमा भन्थे, नेपालको इलाममा ४०–५० किलोको खसी हुँदोरछ। सिक्किममा कति कुटमिराका रूख छन्। घाँसको कमी छैन। तर, नेपालीले त्यता चासो दिँदैन। उनी बाख्रा पाल्ने सल्लाह दिन्थे, कति सफल भए को नि?
‘कि धन आवे ससुराली पाटा?’, ससुराली तिरबाट पनि पैसा आउँछ। यो बाटो चैँ घरमा छोरो हुनेलाई होला? त्यसो भएर छोरा चाहिन्छ भन्ने चलन चल्यो। दाइजोका रूपमा, नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा छलाङ लगाएपछि यो बाटो बन्द भएको छ। उपहारका रूपमा टुसा उम्रेका छन्। अप्रत्यक्ष रूपमा सशुल्क भोज भत्यार हुन्छन्। यो भो दोस्रो बाटो। राजा–महाराजा, राणा, काजी, भारदार, जमिन्दारको बाटो।
नेपाल उखानटुक्कामा धनी छ। धन चैँ कसरी कमाउनेभन्दा चलनचल्तीको एउटा उखानबाट प्रारम्भ गर्नु ठीक होला कि? ‘धन आवे बाख्रापाठा’, धन बाख्रापाठा पालेर पनि आउँछ। सिक्किम प्रान्त भारतका सदावहार मुख्यमन्त्री यसपालि भूतपूर्व भएका छन्। त्यो कति दिनलाई हो। उनी आफ्ना आमसभाहरूमा भन्थे, नेपालको इलाममा ४०–५० किलोको खसी हुँदोरछ।
‘कि धन आवे लम्बे बाटा?’, यो बाटो अनवरत चलेको छ। विदेश जाऊ धन कमाऊ, ज्यान गुमाए पनि गुमाऊ। पहिले यातायात सजिलो नहुँदादेखि चलेको हो। अहिले ‘हवाईजहाजमा सरर ! घरपरिवारका आँसु धरर।’ नेपाली पैसा कमाउन हिँडेका कथा र व्यथा सुन्दा आङ जिरिङ हुन्छ।
यो चिप्लो पैसो कति छिटो कताबाट चिप्लिन्छ, थाहा छैन। पाकेटमारदेखि चेक बाउन्स, बैंकको ब्याजदेखि मिटर ब्याज। धितोदेखि लिलामी, कतातिरबाट कतिखेर कुद्ने हो? उता ठूल्ठूला विज्ञापन गरेर बीमा कम्पनी मुख बाएर बसेका छन्। उनकै कम्पनीको सुरक्षा ग्यारेन्टी उनलाई छैन। ‘कोक्रादेखि कात्रो’सम्मको ग्यारेन्टी लिन्छन्। पैसा चिप्ल्याएकै छन्।
नेपालमा बैंकिङ प्रणाली आफ्ना हिसाबले चलेकै थियो। राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड, वाणिज्य बैंक, कृषि विकास बैंक, पछि आएर नेपाल बैंकमा विकृति आयो। हुँदाखाँदाको बैंक घिस्रिन थालेपछि भने विदेशी गुहार्नु पर्यो। विदेशीले अलिकति विचलन र ऋण प्रवाहमा पेच लाएको के थियो, बैंक कुदिहाल्यो, विदेशीले पैसा कुम्ल्यायो। कमसल धितो पास गरेर ऋण दिने हाकिमले कति नै कमाए होलान्? जति विदेशीले हाम्रो बैंकको पैसा कुम्ल्यायो। कुन कुनामा होलान्?
नेपाल राष्ट्र बैंकले कडाइका साथ अनुशासन कायम गर्न नसक्दा बैंक छाडा भएका छन्। उनीहरूलाई दिएको ‘थ्रेस होल्ड’को मापदण्ड पनि उनीहरू पूरा गर्दैनन्। केही महिनाअघि बैंकहरूलाई मर्जर गर्ने प्रक्रिया थालिएको थियो। मर्जर भएका बैंकहरूको पनि जसको साख राम्रो थियो, तिनले मानेनन् या मर्जर फलदायी भएन।
हिजोआज बैंकका नाम पनि सम्झेर साध्य छैनन्। कामको त के कुरा गरौँ, के गर्छन् थाहा हुँदैन। सामान्य जनताको पहुँच छैन। आवश्यकताभन्दा धेरै नेपालमा बैंक भएनन् भन्दा ठाडो ओठेजवाफ पाइन्छ। निजीक्षेत्रमा बैंक खोल्नाले कतिले जागिर पाए भन्छन्। जतिलाई जागिर दियो होला, त्यसको दश गुणा उसले विभिन्न बहानाले लगिसकेको होला, त्यसको लेखाजोखा बाहिर आउँदैन।
नेपाल राष्ट्र बैंकले कडाइका साथ अनुशासन कायम गर्न नसक्दा बैंक छाडा भएका छन्। उनीहरूलाई दिएको ‘थ्रेस होल्ड’को मापदण्ड पनि उनीहरू पूरा गर्दैनन्। केही महिनाअघि बैंकहरूलाई मर्जर गर्ने प्रक्रिया थालिएको थियो। मर्जर भएका बैंकहरूको पनि जसको साख राम्रो थियो, तिनले मानेनन् या मर्जर फलदायी भएन। अथवा वित्तीय क्षेत्रमा उत्साह थपेन। नेपाल विकास बैंकको दिवालिया र भ्रष्टाचारका कथा बाहिर आउँदा सबै छक्क परेका थिए। त्यो बैंकको स्थिति त्यहाँसम्म पुगुञ्जेल राष्ट्रबैंक के हेरेर बसिरहेको थियो? यो पैसाले सबैलाई पासोमा पारेको छ।
‘एनी हाउ पैसा कमाऊ’का डरलाग्दा चित्रहरू छन्। ठूला भनिएका प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, ठूला व्यापारी, ठूला कर्मचारी, पार्टीका सानाठूला चालू नेता, यिनका भ्रष्टाचारका कथाव्यथा लेखेर सकिने खालका छैनन्। नियम–कानून मिलाएर, राजनीतिक पावर प्रयोग गरेर यहाँ गरिने संस्थागत भ्रष्टाचारको अर्को जालो छ, जसलाई कानूनले छुनसम्म सक्दैन। एनजीओको जालो सरकारले चिर्ने आँटसम्मको प्रयास गर्न सकेको छैन। उनैले सरकारलाई टेर्दैनन्। करपोरेटको कारपेट कोल्याप्स हुने नाम लिँदैन।
प्रथम विश्वयुद्धपछि त्यत्रो ऋणको भार जर्मनीलाई नथोपरेको भए हिटलरको उदय र यहुदीको संहार अनि दोस्रो युद्ध पनि हुने थिएन। जापानमा अणु बम पनि प्रहार हुने थिएन। धन्न तेस्रो युद्ध भएको छैन। मुद्रा राक्षसको पंक्तिमा अब त चीन र भारत पनि थपिए।
हाम्रो दक्षिण छिमेकीतिर हुने काण्डको शुरुआत कहाँबाट गर्ने? खुला सीमाका अवसर जति भारतलाई चुनौती जति सबै नेपाललाई। पश्चिम नेपालका बेरोजगार धेरैजसो युवा, महिला, बूढाबूढी सबैको लर्को भारततिर लाग्छ। सबभन्दा बीभत्स र दयालाग्दो दृश्य पश्चिम नेपालको गड्डाचौकीमा देखिन्छ। प्रायः सबै नाकाका दृश्य त्यस्तै हुन्। कहिले यो जत्था फर्केला र लुटौँला भनेर भारतीय सीमा र नेपालकै पनि पुलिस, कसरी उनको पैसा लुट्ने भनेर कुखुरा चोर्ने स्यालभन्दा चंख भएर बसेका हुन्छन्। विचरा नेपाली श्रमिक लुटिन्छन्।
‘एनी हाउ पैसा कमाऊ’का हत्तपत्त नदेखिने अनेक चलखेल छन्। नेपाली चेलीबेटीका देहव्यापारका कुरा संसारभरि फैलिएका छन्। ‘सेक्स वर्कर’का रूपमा मान्यता दिनुपर्छ भन्ने कुरा पनि चर्चामा आएका छन्। तर, परम्परा कहिलेदेखि प्रारम्भ भएको हो, भारतका गोरखपुर, वनारस, कानपुर, लखनऊ, दिल्ली, बम्बैजस्ता सहरहरूमा नेपाली चेलीबेटी नभएको ठाउँ छैन। अरू सहर पनि होलान्।
बालश्रम, किड्नी व्यापार, सेटिङमा स्वास्थ्योपचार, डेट एक्सपायर भएका औषधि, नक्कली मल, अब त कहिलेकाहीँ भारतीय सीमाका नेपालतिर पनि ‘जहरिली शराब’का कुरा आएका छन्। कति लेख्ने? के लेख्ने?
पैसाका अनेक रूप छन्। संसारभर मुद्राको प्रचलन भएपछि मुद्रा राक्षसहरूको जन्म भयो। तेरोभन्दा मेरो मुद्राको बढी मूल्य भनेर झगडा त के लडाइँ नै लडिसके। यसको ज्वलन्त उदाहरण त जर्मनी हो। प्रथम विश्वयुद्धपछि त्यत्रो ऋणको भार जर्मनीलाई नथोपरेको भए हिटलरको उदय र यहुदीको संहार अनि दोस्रो युद्ध पनि हुने थिएन। जापानमा अणु बम पनि प्रहार हुने थिएन। धन्न तेस्रो युद्ध भएको छैन। मुद्रा राक्षसको पंक्तिमा अब त चीन र भारत पनि थपिए।
पैसाको अर्को रूप ‘धनपशु’ अर्थात् धन–पैसाका लागि पशु हुने। यो चैँ विशेषण दक्षिण छिमेकी भारतसँग लागू हुन्छ। भारतीयहरू धेरै वर्षको गुलामीपछि स्वतन्त्र भएकाले आफ्नो राष्ट्रिय स्वार्थमा एक हुन्छन्। नेपालका केटाकेटीलाई दरबान र वेश्या बनाउँछन्। पशुपतिका बाँदरलाई लड्डु खुवाउँछन्, केरा खुवाउँछन्।
यो पैसाको अर्को रूप हो, ‘द्रव्य पिचास।’ पूर्वीय दर्शनमा यो ‘पिचास’ भन्ने एउटा पात्रको कल्पना गरिएको छ। विशेष गरेर गरुड पुराणमा यसको वर्णन आउँछ। यो यस्तो पापी हो, उसले गरेको पापको सजायका रूपमा यो ‘पिचास’ योनीमा प्राप्त हुन्छ। पिचासलाई जति खान दिए पनि त्यो कहिल्यै तृप्त हुँदैन। कहिल्यै र केहीले पनि अघाउँदैन। अहिले हाम्रो उत्तर छिमेकी चीन ‘द्रव्यपिचास’ भएर उदाएको छ। ऊसँग धेरै द्रव्य (पैसा) जम्मा भएको छ। जताततै हाम्रा लेखक र राजनीतिज्ञ मोदनाथ प्रश्रितको पचास रुपैयाँको तमसुकजस्तै लंका, मालदिभ्स, नेपाल, हङकङ, मकाउ, ताइवान, तिब्बत र अफ्रिकासम्म फैलिएको छ। यूरोप र अमेरिकाका ‘मुद्रा राक्षस’हरूसँग उसको टक्कर छ। दया, धर्म, आर्थिक सहयोग, उसले छोडेको छ।
यो पैसाको अर्को रूप ‘धनपशु’ अर्थात् धन–पैसाका लागि पशु हुने। यो चैँ विशेषण दक्षिण छिमेकी भारतसँग लागू हुन्छ। भारतीयहरू धेरै वर्षको गुलामीपछि स्वतन्त्र भएकाले आफ्नो राष्ट्रिय स्वार्थमा एक हुन्छन्। नेपालका केटाकेटीलाई दरबान र वेश्या बनाउँछन्। पशुपतिका बाँदरलाई लड्डु खुवाउँछन्, केरा खुवाउँछन्। हनुमानका मन्दिर बनाउँछन्। प्रत्येक दिन एक न एक ठाउँको सीमा अतिक्रमण गर्छन्। पानी लान्छन्, बाढी र सुक्खा नेपाल पठाउँछन्। देशको राष्ट्रपति या प्रधानमन्त्री दरो गरी खडा हुने हो भने पैसाको ठेगाना लाग्छ। आफै पैसाको गुलाम भएपछि कसको के लाग्छ?