काठमाडौँ – सिंगटी हाईड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ४३ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रू एक सय रुपैयाँ अंकित दरको ४३ लाख ५० हजार कित्ता शेयर खुला गर्ने भएको हो।
यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता खुला हुनेछ। यस्तै, आइपीओ आगामी असोजसम्म खुला गर्ने तयारी गरिएको छ।
सिंगटी हाईड्रो ईनर्जीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त भएको छ। दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको शेयर निष्काशन तथा विक्रीका लागि भएको सम्झौता पत्रमा सिंगटी हाईड्रो ईनर्जी कम्पनीका कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले एक समारोहबीच हस्ताक्षर गरेका छन्।