काठमाडौँ – आगामी श्रावणको १६ गतेदेखि २० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘तीज विशेष मेला’ आयोजना हुने भएको छ। महिला सृजनशील केन्द्रले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी तीजको अवसर पारेर सदाझैं यस वर्ष पनि सो मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो।
देशभरका महिला उद्यमीहरु सहभागी हुने सो मेलामा तीज विशेषका सामग्रीहरुको प्रदर्शनीमा रहने आयोजकले जनाएको छ। मेलामा २ सय भन्दा बढी स्टलहरु रहनेछन्। एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको सो मेलामा निःशुल्क फोटो सूट, निःशुल्क मेहेन्दी लगाउने, कपाल कटिङ लगायतका कार्यशालाहरु पनि आयोजना हुने भएको छ।
यसैगरी, केन्द्रले यस वर्ष तीजको अवसर पारेर प्रदेश ३ को राजधानी हेटौंडा र प्रदेश १ को इटहरीमा पनि सो मेला आयोजना गर्ने भएको छ।