काठमाडौँ – सरकारले ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी विधेयकविरुद्ध पत्रकार महासंघका आन्दोलनका कार्यक्रम जारी छन्। आन्दोलनका कार्यक्रमअन्तर्गत बृहत कार्टुन प्रदर्शनी तथा कविता वाचन कार्यक्रम गरिएको छ।
बसन्तपुर डबली बुधबार आयोजना गरिएको विरोध कार्यक्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकहरू खारेज गर्न माग गरिएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकहरू सरकारले ल्याउन लागेको भन्दै पत्रकार महासंघले चरणवद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको छ।

तस्बिरहरू: मुकुन्द कालिकोटे।