काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै १५ अर्ब ५० करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ। महानगरपालिकाकाे पाँचौँ नगरसभामा महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले उक्त रकमबरारबो बजेट प्रस्तुत गरेकी हुन्।
महानगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढी बजेट प्रस्तुत गरेको छ। चालू आर्थिक वर्षमा महानगरपालिकाले १३ अर्ब १२ करोड बजेट विनियोजन गरेको थियो। त्यसैगरी, महानगरपालिकाले व्ययतर्फको बजेटका शीर्षक अन्तर्गत पूँजीगत सम्पत्ति खर्च १ अर्ब ५५ करोड ३५ लाख, तलब पारिश्रमिक, सुविधा खर्च १ अर्ब ४१ करोड ५ लाख, कार्यालय सञ्चालन खर्च ५९ करोड ४३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च ७ अर्ब ४३ करोड ९७ लाख ९२ हजार, नेपाल सशर्त अनुदानबाट पूँजीगत खर्च ३ अर्ब ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजना १ अर्ब १२ करोड ८२ लाख ७० हजार गरी १५ अर्ब ५० करोड ७० लाख १२ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ।
त्यसैगरी, आयतर्फ स्थानीय कर आय ३ अर्ब ६४ करोड, गैरकर आय २ अर्ब ४२ करोड ६ लाख ३७ हजार, राजस्व बाँडफाँटबाट १ अर्ब ५० करोड, अन्य स्रोतबाट ४ अर्ब १८ करोड ९० लाख ८ हजार, नेपाल तथा प्रदेश सरकार सशर्त अनुदान ३ अर्ब ३८ करोड ६ लाख, नेपाल तथा प्रदेश सरकार समानीकरण अनुदान ७७ करोड ८४ लाख ८ हजार, अन्य निकाय सहयोग ३ करोड रहेको छ।
त्यसैगरी, विभिन्न स्रोतबाट पूर्ति गरिने बजेट २ अर्ब ६२ करोड ९० लाख ९७ हजार, गत वर्षको बैंक मौज्दात २ अर्ब ६२ करोड ९० लाख ९७ हजार र जग्गा एकीकरण आयोजनाका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार गरी आयतर्फको कूल १५ अर्ब ५० करोड ७० लाख १२ हजार बजेट प्रस्तुत गरिएको हो।