काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक खारेजीको माग गरेको छ। आइतबार विस्तारित केन्द्रीय समितिको बैठकबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले उक्त माग गरेका हुन्।
अध्यक्ष थापाले नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी गुठी विधेयक आएको बताए। थापाले गुठी विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरूको ऐक्यवद्धता रहेको बताए।
उनले भने, ‘गुठीयारको आन्दोलनमा हाम्रो ऐक्यवद्धता छ, गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको कदर गर्दै पूर्ण रुपमा खारेज गर्नै माग गर्दछु र नयाँ ल्याउन आग्रह गर्दछु।’ पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।