काठमाडौँ – चीनमा ट्विटर प्रतिबन्ध रहे पनि नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले बिहीबारबाट ट्विटर चलाइन्। उनले शनिबार दोस्रो ट्विट गरिन्। उनीले धान खेती गरिरहेको कृषककाे फोटोसहितका तीन फोटो राखी ट्विट गरिन्, ‘वर्षायामको समयमा हामी नेपाली मित्रहरूलाई उन्नत बाली तथा चीन र नेपालबीच विकासे धान (खेती)को सहकार्य सफल होस् भन्ने कामना गर्दछु !’ अगाडि उनले अंग्रेजीमा ‘लेट मनसुन’ भनेर सम्बोधन गरेकी छन्।
https://twitter.com/PRCAmbNepal/status/1142346701077766144
उनको यो ट्विटले नेपाली किसानलाई शुभकामना दिएको भन्ने सन्देश दिएकाे छ। नेपालमा मनसुन ढिला शुरू भएर केही खेतीपातीमा प्रभाव पारेको भन्ने सन्देश सहित उनले ट्विट गरेकी हुन् भन्न खोजिएको छ।
उनले ट्विटमा नेपालमा उन्नत जातको धानखेती तथा नेपाल र चीनबीचको विकासे धान खेतीको सहकार्य सफल होस् पनि भनेकी छन्।
उनको ट्विट २७ पटकभन्दा बढी रिट्विट भएका छन्। र, ६ वटा प्रतिक्रिया पाइसकेका छन्। यसमा अझ थप हुनसक्छ। उनले ट्विट गरेको झन्डै १ घन्टाको अन्तरमा धेरै प्रतिक्रिया र शेयर (रिट्विट) पाएकी छन्।
उनको ट्विटमा सबैले प्रशंसायोग्य प्रतिक्रिया दिएका छन्। र, असार १५ मा धान रोप्ने प्रस्ताव पनि गरेका छन्। उनले ट्विट गरेको केही मिनेटमै खग्रेन्द्र फुयालले उनलाई उक्त प्रस्ताव गरेको हो।
https://twitter.com/mefossils/status/1142347549983907840
चीनमा प्रतिबन्ध भए पनि कूटनीतिक क्षेत्रमा भने उनले नयाँ शैलीकाे ट्विट प्रयोग गरेकी छन्। विशेषगरी नेपालका ठूला राजनीतिज्ञहरूले ट्विट गर्ने तथा ट्विटरबाट विभिन्न सन्देश दिन पनि सजिलो हुने भएकाले उनले ट्विटर चलाएको बुझिन्छ।
यान्छीले पहिलो ट्विट दक्षिण एसियाको विकास र समृद्धिका लागि बेल्ट एन्ड रोडका सम्बन्धमा गरेकी थिइन्। ट्विटमा उनले दक्षिण एसियाली राष्ट्रबीच आर्थिक र सामाजिक विकासलाई बीआरआइमार्फत प्रवर्द्धन गर्ने उल्लेख गरेकी थिइन्।
https://twitter.com/PRCAmbNepal/status/1141767107820052481
यो कदमसँगै उनकाे ट्विटरमा सक्रियता र उनले व्यक्त गर्ने विचारले नेपालको राजनीतिमा केही न केही त असर पर्ने स्पष्टै देखिन्छ। पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत विदेशी कूटनीतिज्ञहरू सक्रिय बनेका छन्। यसले नेपालकाे राजनीतिलाई नजिकबाट हेर्न उनीहरूलाई सजिलाे हुने अपेक्षा गरिएकाे छ।
ट्विटरमा सक्रिय रहेका अमेरिकी राजदूत र्यान्डी बेरीले केही साताअघि ’राजदूतसँग गफगाफ’ कार्यक्रम सञ्चालन गरेका थिए। पछि सामाजिक सञ्जालदेखि सदनमा समेत उनले गर्ने कार्यक्रमको विरोध भए पनि अमेरिकी दूतावासले ‘राजदूतसँग गफगाफ’ कार्यक्रमलाई अहिले पनि सञ्चालनमा छन्।
यसरी विदेशी कूटनीतिज्ञहरू सामाजिक सञ्जालमार्फत आफ्नो आधिपत्य जमाउने खेलमा लागेका भान आमजनताले गर्न थालेका छन्।