धनगढी – चौंंथो संस्करणको निस्ट कलेज लिटल फ्लावर प्रीमीयर लिग कार्तिक १६ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक संस्कार क्रिकेट एकेडेमीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
लिटल फ्लावर बोर्डिङ स्कुल, धनगढीको समन्वय तथा निस्ट कलेज काठमाडौँको प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा देशभरिका १२ विद्यालयको सहभागिता रहने संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।
प्रतियोगितामा सहभागी विद्यालयले कक्षा १० सम्मका १० खेलाडी तथा यु–१९ उमेर समुहका ४ खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागिताका लागि असार ३० भित्र आवेदन दिनुपर्ने विज्ञप्तिमार्फत जानकारी गराइएको छ।
‘निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग–४’बाट उत्कृष्ट खेलाडी छनौट गर्दै ‘निस्ट कलेज लिटल फ्लावर एक दिवसीय स्कुल क्रिकेट प्रतियोगिता’ सञ्चालन गरिने शाहीले जानकारी दिए।