काठमाडौँ - गुठीसम्बन्धी विधेयक खारेज हुनुपर्ने माग गर्दै गुठीयारहरूले बृहत प्रदर्शनसहित खबरदारी सभा आयोजना गर्दैछन्। सरकारले उक्त विधेयकलाई मंगलबार फिर्ता लिएको घोषणा गरे पनि आन्दोलन भने रोकिएको छैन। गुठीयारहरूले विधेयकलाई खारेज नै गर्नुपर्ने माग गरिरहेका छन्।
केहीबरेमा हुने खबरदारीसभालाई गुठी संघसंस्थासँग सम्बन्धित अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि हजाराैँको संख्यामा गुठीयारहरू माइतीघर मण्डलामा भेला भइसकेका छन् र गुठी विधेयक फिर्ता लिनुपर्ने माग गर्दै विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शन गरिरहेका छन्। उनीहरू शहरका विभिन्न भागबाट नारा जुलुस गर्दै माइतीघर पुगेका हुन्।