काठमाडौँ - मेगा बैंक नेपाल लिमिटेडले आफ्नो सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा इजरायलबाट पनि सेवा शुरू गरेकाे छ। बैंकले ‘मेगा रेमिट’ मार्फत उक्त देशबाट आफ्नो रेमिट्यान्स सेवा शुरू गरेको हाे। इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) सँगको साझेदारीमा बैंकले इजरायलबाट उक्त सेवा शुरू गरेको हो।
जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरूलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकले विश्वास लिएको छ। जीएमटीका २ सय ४० वटा शाखाबाट नेपालीहरूले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन्। नेपालीहरूले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सयभन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने बैंले जनाएको छ।
मेगा बैंकले ‘मेगा रेमिट’ सेवालाई संसारका विभिन्न देशहरूमा जोड्ने क्रमलाई तीव्रता दिएको छ। अन्य देशहरूमा पनि यसैगरी रेमिट सेवा विस्तार गर्ने बैंकको योजना रहेको बैंकले बताएकाे छ।