काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले सरकार गालामा हात लगाएर गीत गाइरहेको बताएका छन्। उनले सरकार र गुठीयार बीचको दुरी ३६ को आँकडा रहेको बताए।
आइतबारको संसद वैठकको शून्य समयमा बोल्दै उनले भने, ‘बुझ्नेले कुरा नबुझेपछि .. सरकार गालामा हात लगाएर यो गाना गाइरहेको छ।
‘अर्को तर्फ आन्दोलनरत गुठीयारले पनि ‘बुझ्ने कुरा नबुझेपछि, मन मसाल त समात्नै पर्यो, जुलुसमा हिड्नै पर्यो। सरकार एकातिर मुन्टो बटारेर बस्ने, गुठीयार एकातिर आन्दोन गर्ने यो स्थितिको र्सिजना कसरी भयो? उनले प्रश्न गरे।
उनले अगाडि भने, नेपालको राजनीतिमा उपत्यका नेवार समुदाय र आदीवासीहरू जबसम्म उठेनन् तबसम्म परिर्वतन सम्भव भएन। त्यसैले सभामुख ज्यु वार्ताको लागि सरकार र गुठीयारबीच वार्ता गराउन हस्तक्षेपकारी भूमिका खेल्नुहोस्।’