वीरगञ्ज - लोकसेवा आयोगविरुद्ध सर्वाेच्च अदालतमा हिजो बुधबार मुद्दा परेको छ। अधिवक्ता विकास ठाकुरलगायत काठमाडौँवासी मधेशी अधिवक्ताहरूको टिमले आयोगलाई विपक्षी बनाई उत्प्रेषणको मुद्दा दर्ता गराएको हो। यसअघि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारले आयोगमाथि सर्वोच्चमा मुद्दा हाल्ने चेतावनी दिएका थिए।
आयोगले गत जेठ १५ गते करिब ९ हजार सिटका लागि प्रकाशित गरेको विज्ञापन संघीयताको मर्मविपरीत र समावेशिताको सिद्धान्तविपरीत देखिएकाले सर्वोच्चमा मुद्दा परेको हो। न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले मुद्दाको सवालमा विपक्षीलाई १५ दिनभित्र महान्यायधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ। साथै, अन्तरिम आदेश माग गरिएकाले विषयवस्तुको संवेदनशिलतालाई विचार गर्दै दुवै पक्षलाई अगामी असार ३ गते छलफल गराई आवश्यक निर्णय गर्न आदेश भएको ।
यस्तो छ मुद्दा दर्तापछि भएको आदेशः
