काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
असार १ देखि ७ गतेसम्मको चीनको भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दु हुँदै बेइजिङ पुगेर समकक्षीसँग आपसी हित र चासोको विषयमा छलफल गर्ने नेपाली सेनाले जनाएको छ।