काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले सांसदलाई ल्यापटप बाँड्न नहुने बताएका छन्। ट्वीट गर्दै रावलले सांसदले ल्यापटप आफैँ किनेर चलाउन सक्ने भएकाले ल्यापटप बाँड्न नहुने बताएका हुन्। उनले ट्वीटमा लेखेका छन्, ‘सांसदलाई ल्यापटप बाँड्ने काम नहोस्। ल्यापटप चलाउन चाहनेले स्वयम् व्यवस्था गर्नु उचित हुन्छ। त्यस्तो गर्न सांसदले सक्छन्।
https://twitter.com/BhimRawal179/status/1138367951692738561
संघीय सांसदलाई पेपरलेस बनाउने भन्दै संघीय सबै सांसदलाई ल्यापटप बाँड्ने तयारी गरिएको छ। अर्थ मन्त्रालयले ल्यापटप किन्न सहमति पनि दिइसकेको छ।
संसद सचिवालयले ल्यापटप किन्न बोलपत्र पनि आव्हान गरिसकेको छ। संसद सचिवालयले क्षमता अभिवृद्धिका लागि छुट्याएको रकमबाट उनीहरूलाई ल्यापटप चलाउन पनि सिकाइने सचिवालयले जानकारी दिएको छ।