काठमाडौँ - गृहमन्त्री रामबहादुर थापाले जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबारको संसद बैठकमा बोल्दै गृहमन्त्री थापाले गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका विषयमा लिएर माइतीघर मण्डलामा आइतबार भएको घटनाको जिम्मा सरकारले जिम्मेवारी लिने बताए।
गृहमन्त्री थापाले भने, ‘शान्तिपूर्ण विरोध प्रदर्शन गरेका कारण नभई सार्वजनिक आवागमनलाई अवरोध तुल्याएकाले आन्दोलनकारीमाथि पानीको फोहरा र हल्का बल प्रयोग भएको हो, जनताको शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित गर्ने सोच सरकारको छैन।’