काठमाडौँ – नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्ने आएको पल्सर स्पोर्टस् अवार्डलाई किरण शुु म्यानुफ्याक्चरको उत्पादन गोल्डस्टार जुत्ताले साथ दिएको छ। गोल्डस्टारले अवार्डलाई सह–प्रायोजकमा प्रयोजन गरेको छ।
अवार्डलाई गोल्डस्टारले नगद ८ लाख र ३ लाख रूपैयाँ बराबरको विभिन्न विधामा मनोनयनमा परेका खेलाडी र विजेतालाई गोल्डस्टार उत्पादकले आफ्ना उत्पादन सामग्रीसहितको गिफ्ट ह्याम्पर उपलब्ध गराउने सहमति भएको छ। सहमति पत्रमा किरण सु म्यानुफ्याक्चरकी निर्देशक विदुषी राणा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले आइतबार हस्ताक्षर गरे।
१६ औँ संस्करणको उक्त स्पोर्ट्स अवार्डमा यसपटक विभिन्न १० विधालाई समावेश गरिएको छ। उक्त अवार्ड असार १७ गते अन्तर्राष्ट्रिय खेलकूद पत्रकार दिवसका अवसरमा प्रदान गरिने छ।
जसअन्तर्गत पिपल्स च्वाइस, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवावर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर तथा इन्टरनेशनल एशियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ।
वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले समान एक/एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेता खेलाडीले जनही ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्।