काठमाडाैँ – बैँकहरु स्रोत नखुलेको रकम बचत गर्न मान्दैनन्। आम्दानीको स्रोत खुलाएर मात्र रकम जम्मा गर्छन्। तर, सहकारीहरु भने स्रोत नखुलेको जति पनि रकम जम्मा गर्न तयार हुन्छन्। पछिल्लो समय अवैध आर्जन गरेको रकम जम्म गर्ने माध्यम बनेका छन् सहकारी।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन कार्यान्वयन नहुँदा सहकारी क्षेत्र कालो धन जम्मा गर्ने थलो बनेको हो। यसबाट समग्र वित्तीय क्षेत्रमा जोखिम बढ्न थालेको छ। यो समाचार अन्नपूर्ण पोष्टले छापेको छ।