काठमाण्डौँ– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबी प्रतिपर्धा भइरहेको छ।
यी दुई टिम पहिलो संस्करणमा सामूहिक विजेता भएका थिए। दोस्रो संस्करणमा एपीएफले उपाध जितेको थियो। पहिलो संस्करणमा पुलिस र आर्मीले ट्रफी नै साझा गरेका थिए। आर्मी लगातार तेस्रो पटक फाइनल पुगेको हो भने पुलिसले दोस्रो पटक फाइनलमा स्थान बनाएको छ।
पहिलो संस्करणमा उपाधि बाँडेका दुवै टोली यस पटक स्पष्ट जितसहित उपाधि जित्न चाहन्छ र नगद २० लाख आफ्नो बनाउने योजनामा रहेका छन्।
राष्ट्रिय खेलकुद परिषदको आयोजना र नेपाल इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा उपविजेताले पनि १० लाख हात पार्नेछ।खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ।