काठमाडौँ - अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को बजेटले सबैलाई खुशी पार्ने बताएका छन्। आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटबारे संसदमा उठेका प्रश्नको उत्तर दिँदै उनले सो कुरा बताएका हुन्।
‘आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटले कोही कोही खुशी भएका छैन भन्ने सुनेको छु’, उनले भने, ‘अब अर्को वर्ष आउने बजेटले सबैलाई खुशी पार्छ। सबै खुशी हुनुपर्छ। सबैलाई खुशी पार्ने बजेट ल्याउँछौँ।’
उनले सबैलाई चित्त बुझाउने र खुशी पार्ने बजेट ल्याउनेमा सरकार प्रतिवद्ध रहेको बताए। त्यसले ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा टेवा पुग्ने दाबी गरे।