काठमाडौँ - हिमालयन हाइड्रो पावरले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले रू. १ सय अंकित दरका २२ लाख ५० हजार कित्ताको २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले शेयर निष्काशनका लागि जनता क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैयाँबराबरको शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रका लागि छुट्याइएको छ। आईपीओ निष्कासन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच आज मंगलबार सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा हिमालयन हाइड्रो पावरका तर्फबाट सञ्चालक शिवकृष्ण श्रेष्ठ र विक्री प्रवन्धक जनता क्यापिटलका तर्फबाट कार्यकारी निर्देशक विश्व सुवेदीले हस्ताक्षर गरेका छन्। साथै, हिमालयन हाइड्रो पावरले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ।