काठमाडौँ – राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुदूर पश्चिमाञ्चललाई ९० रनको सामान्य लक्ष्य दिएको छ।
मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलअन्तर्गत समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो।
गण्डकी प्रदेशका लागि लागि राहुल शर्माले सर्वाधिक ४१ रन बनाउनबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। त्यसैगरी किशोर महतोले १४ रन जोड्दा आकाश थापाले १२ रन बनाए।
गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका विनोद लामाले व्यक्तिगत पाँच विकेट लिए। त्यस्तै महेश अधिकारी र कप्तान शेर मल्लले दुई–दुई विकेटमा झारे भने नरेन्द्र साउदले एक विकेट लिए।
अहिले सुदूरपश्चिमले जवाफी व्याटिङ गरिरहेको छ।