नेपालगञ्ज – कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले लोकतन्त्रको विधि र प्रक्रिया मिचेर सरकारले जनताको स्वतन्त्रता मास्न खोजेको आरोप लगाए। उनले कांग्रेस रहेसम्म मुलुकको लोकतान्त्रिक पद्धति र नागरिक स्वतन्त्रता कसैले मास्न नसक्ने बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सरकारलाई आग्रह गरेका छन्। नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल विद्यार्थी सङ्घले बाँकेको कोहलपुरमा आयोजना गरेको सभामा उनले वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको बताए।
सभामा कांग्रेस केन्द्रीय सदस्य डिला सङ्ग्रौला, किरण कोइराला, नेताहरू चन्द्रसिंह भण्डारी, सञ्जय गौतम लगायतले आ–आफ्नो धारणा राखेका थिए।
सो अवसरमा सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीबाट हत्या गरिएका कांग्रेस कार्यकर्ता कोहलपुरका चोपबहादुर खत्री र जागेश्वर थारूको नाममा रु. १/१ लाखको अक्षय कोष स्थापना गरिएको थियो। (रासस)