काठमाडौँ – इंग्ल्यान्ड र वेल्समा जारी १२ औँ एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार दक्षिण अफ्रिका र बंगलादेश भिड्दैछन्। खेल आइतबार दिउँसो नेपाली समयअनुसार सवा ३ बजे लन्डनमा शुरु हुनेछ।
पहिलो खेलमा घरेलु टोली इङ्ल्यान्डसँग १०४ रनले पराजित भएको दक्षिण अफ्रिका पहिलो जितको खोजीमा हुनेछ भने बंगलादेश प्रतियोगिताका उत्कृष्ट शुरुआत गर्न चाहन्छ।