वासिङ्टन – अमेरिकाको भर्जिनिया राज्यअन्तर्गत पर्ने भर्जिनिया सामुद्रिक तटमा भएको गोली प्रहारसम्बन्धी घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ।
ती शंकास्पद व्यक्तिले शुक्रबार मानिस धेरै भीड भएको ठाउँमा गोली प्रहार गरेको स्थानीय अधिकारीले जानकारी दिएका छन्। सो घटनामा १ जनाको उपचारका लागि लाने क्रममा मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर घाइते भएको भर्जिनियाका स्थानीय प्रहरी प्रमुख जिम केर्भेराले जानकारी दिए।
प्रहरीका अनुसार आक्रमणकारी लामो समयदेखि सार्वजनिक सेवासम्बन्धी काममा कार्यरत थिए। उनले अन्धाधुन्द गोली प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन्। सो घटनामा हाते बन्दुक, राइफल प्रयोग गरेको सो आक्रमणमा निजको परिचय भने खुलाएको छैन।
“भर्जिनिया तटको इतिहासमा यो अहिलेसम्मकै दुखद घटना भएको हो,” स्थानीय मेयर बोब्बी ड्योरले भने। भर्जिनिया राज्यका गभर्नर राल्फ नर्थमले पनि वक्तव्य जारी गर्दै निर्मम घटना भएको बताएका छन्। उनले शुक्रबार बेलुका भएको यो घटनालाई “विवेकहीन र अक्षम्य घटना”को संज्ञा दिएको समाचारमा जनाइएको छ।
स्थानीय समयअनुसार शुक्रबार बेलुका ४ बजेतिर घटना भएको हो। घटना भएको भर्जिनिया सामुद्रिक तट अन्त्यन्त ठूलो सहर र लोकप्रिय पर्यटकीय स्थल मानिन्छ। (रासस/सिन्ह्वा)