एजेन्सी – फिलिपिन्समा अनौठो नयाँ संविधान बनेको छ। प्यासिफिक महासागरको एक टापूमा रहेको फिलिपिन्समा कलेज पढ्ने प्रत्येक विद्यार्थीले ‘अध्ययन पूरा गर्नका’ लागि १० वटा रुख रोप्नुपर्ने छ।
‘ग्र्याजुएसन लेगेसी फर द इन्भारोमेन्ट एक्ट’ विधेयक अहिले कार्यान्वयनको चरणमा छ। यो कानूनबाट फिलिपिनो युवाहरुलाई मौसम परिवर्तनको समस्या सामधान गर्न र देशमा हरियाली वातावरण बनाउने अवसर हुनेछ।
यो कानून लागू हुँदा एक पुस्ताले झण्डै २२५ बिलियन रुख रोप्ने अनुमान गरिएको छ। फिलिपिन्समा झण्डै १२ मिलियन विद्यार्थीले प्रत्येक वर्ष स्कुलबाट कलेजको ‘डिग्री’ लिन्छन, ५ मिलियन विद्यार्थी उच्च शिक्षा सक्छन् र पाँच लाख विद्यार्थी कलेजबाट पास हुन्छन। यसरी हेर्दा १७५ मिलियन नयाँ रुख प्रत्येक वर्ष रोप्न सकिन्छ।
नयाँ बनेको कानुनले रुख जंगलमा रोप्नुपर्ने, सुरक्षित ठाउँमा हुनुपर्ने, नागरिक र सैन्य क्षेत्रको सुरक्षामा हुनुपर्ने, शहरी क्षेत्रमा रोप्नुपर्ने लगायतका नीति पनि बनाएको छ। रुख पनि स्थानीय क्षेत्रमा हुर्कने हुनुपर्ने नियम छ। केही संस्थाहरुले नर्सरीमा विरुवा उमार्ने, वृक्षारोपण गर्ने ठाउँको पहिचान, अनुगमनलगायतको काममा सहयोग गर्ने जनाएका छन।
दक्षिणपूर्वी एसियामा ७, ६४१ ठाउँमा फैलिएका भू–भाग (टापू)मा फिलिपिनिस नागरिक बसोबास गर्छन्। यी क्षेत्रहरुको मुख्य समस्या भनेकै वन फडानी रहेको छ। २०औं शताब्दीमा फिलिपिन्सको जंगल ७० प्रतिशतबाट २० प्रतिशतमा घटेको थियो।
सन् १९४३ देखि १९८८ सम्म २४ दशमलव २ प्रतिशत फिलिपिन्सको भू–भागको जंगल फडानी गरिएको फोर्ब्स ले जनाएको छ। यो नयाँ नियमले वन, जंगलको विकासमा योगदान गर्नेछ।