नयाँ दिल्ली – सोनिया गान्धी भारतीय कांग्रेसको संसदीय दलको नेता बनेकी छन्। शनिबार कांग्रेसको लोकसभामा निर्वाचित ५२ सदस्य र राज्यसभा सांसदको सहभागितामा भएको बैठकमा सोनिया गान्धी संसदीय दलको नेता चुनिएकी हुन्।
धेरैले राहुल गान्धी संसदीय दलको नेता बन्ने आँकलन गरिरहेका बेला सोनिया गान्धी संसदीय दलको नेता बनेकी हुन्। राहुल गान्धीले भने चुनावमा पराजित भएपछि अध्यक्ष पदबाट नै राजीनामा दिएका थिए। पछि सबै नेता कार्यकर्ताले राजीनामा फिर्ता गर्न लगाएका थिए। यस पटकको लोकसभा चुनावमा पनि कांग्रेसले पराजय भोगेको छ।
https://twitter.com/rssurjewala/status/1134692694582800384
अघिल्लो चुनावमा पनि कांग्रेसलाई बीजेपीले हराएको थियो। भारतीय कांग्रेस नेता/कार्यकर्ताले चुनावको समीक्षा गरेर काम गर्नुपर्नेमा जोड दिएका थिए।