पोखरा – प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आएका छन्। उनले नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट (युवा सम्मेलन)को उद्घाटन गर्नेछन्।
पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका ५ हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ।
त्यस्तै प्रधानमन्त्री ओलीले पोखराको सभागृहमा आयोजित कार्यक्रममा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणासमेत गर्नेछन्।
कास्की क्षेत्र नं. २ का सङ्घीय सांसद रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।
प्रधानमन्त्री ओली तीनवटै कार्यक्रममा सहभागी भएर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ। (रासस)