काठमाडौँ – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल त्रिभुुवन आर्मी क्लबका खेलाडीलाई पुरस्कृत गरिएको छ। त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले खेलाडीहरुलाई पुरस्कृत गर्नुका साथै पुरस्कार वितरण गरे।
सो अवसरमा बोल्दै प्रधानसेनापति थापाले राष्ट्रियसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्यका साथ अगाडि बढ्न खेलाडीलाई आग्रह गरे। उनले साहसिक खेलकुदलाई एकत्रित र व्यवस्थित बनाउन नेपाली सेनाले ‘एडभेञ्चर क्लव’को स्थापना गर्ने र ‘स्पोर्टस् कम्पनी’को सम्भाव्यता अध्ययन गरेर ‘स्पोर्टस् भिजन–२०३०’ तयार गर्ने कार्य भइरहेको बताए।
२०७५ चैत्र २७ देखि २०७६ बैशाख ११ गतेसम्म सञ्चालन भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका खेलाडीहरुले विभिन्न विधामा गरी १४८ स्वर्ण, ८४ रजत र ७२ कास्य गरी ३०४ पदक जितेका थिए।