काठमाडौँ – सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत गरेका हुन्।
कुल वार्षिक विनियोजनमध्ये चालुतर्फ ९ खर्ब ५१ अर्ब १० करोड अर्थात् ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड ८२ लाख अर्थात् २६.९ प्रतिशत रहेको छ। त्यसैगरी वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत रहेको छ।