काठमाडौँ– सरकारले विकासका नाममा सांसदलाई ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको संयुक्त बैठकमा विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै प्रति सांसद ६ करोड रुपैयाँको दरले ९अबै ९० करोड रुपैयाँ रकम विनियोजन गरिएको हो।
यसअघि चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री खतिवडाले प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले सांसदहरुलाई रकम छुट्याएका थिए।