काठमाडौँ – सरकारले पूर्व–पश्चिम रेलमार्गका लागि १९ अर्ब बढी बजेट छुट्याएको छ।
बुधबार संसदमा आर्थिक वर्ष २०७६–७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्व–पश्चिम रेलमार्गका लागि १९ अर्ब १८ करोड बजेट छुट्याइएको बताए।
अर्थमन्त्री खतिवडाले बुधबार अपराह्न ४ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को अनुमानित आय–व्ययको विवरण पेस गरिरहेका छन्।