काठमाडौँ – सरकारले प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई अध्यारो मुक्त घोषणा गर्ने भएको भएको छ।
बुधबार संसदमा आर्थिक वर्ष २०७६–७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सबै ठाँउमा विजुली बत्ती नपुगेको प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई अध्यारो मुक्त घोषणा गरिने बताए।
अर्थमन्त्री खतिवडाले बुधबार अपराह्न ४ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को अनुमानित आय–व्ययको विवरण पेस गरिरहेका छन्।