विराटनगर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचणड)ले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग आज सोमबार कुरा गर्दै उनले एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने बताए।
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द समूहको गतिविधि अब धेरै अघि नजाने संकेत पनि उनले गरे। अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको उल्लेख गर्दै दाहालले यतिबेला सबै मिलेर विकास निर्माण र समृद्धितिर लाग्नुपर्नेमा जोड दिए। उनले चन्द समूहसँग वार्ताको पहल भइरहेको समेत बताए।