बुटवल - नेपाली कांग्रेसका स्थानीय नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै बुटवलमा पर्चा छरेका छन्। नेपाली कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको हो।
आज सोमबार बिहान बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको शिलान्यसका लागि कार्यक्रममा आउँदै गरेका महासचिव पौडेललाई नेपाली कांग्रेस बुटवलका सभापति पाण्डे, नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशी, कांग्रेसको प्रशिक्षण विभागका सदस्य मदन कट्टेललगायतले पर्चा छरेका हुन्।
तीन वर्षअघि नै सर्वदलीय बैठकले प्रदर्शनी केन्द्रको निर्माण गर्ने सहमति गरिसकेको र अन्डर ग्राउण्ड नक्सा तयार नभएकाले केही समयपछि धकेलिएको नगरसभापति पाण्डेले बताए।