बैङ्कक – थाइल्यान्डको राष्ट्रिय सभाका पूर्वअध्यक्ष पोर्नपेट्च विचिट्चोल्चाइ प्रतिनिधि सभाको सभामुखमा मनोनीत भएका छन्। शुक्रबार भएको निर्वाचनमा सिनेटरहरूले उनलाई मतदान गरेर निर्वाचित गरेको अधिकारीहरूले जानकारी दिएका छन्।
उपसभामुखका रूपमा भने सिङ्सुक सिङफ्राइ र निर्वाचन आयोगका पूर्वअध्यक्ष सुपाचै सोम्चारोन निर्वाचित भएको जनाइएको छ। गत मार्च २४ तारिखका दिन भएको निर्वाचनपछि गठित संसदको शुभारम्भ समारोहको अध्यक्षता भने शुक्रबार थाइल्यान्डका राजा र रानीले गरेका थिए।
शुभारम्भ समारोहमा कुल ४ सय ९८ जना सांसद, २ सय ५० जना सिनेटरसँगै प्रधानमन्त्री प्रयुत चान ओच, मन्त्रीहरू, विभिन्न स्वतन्त्र निकायका अधिकारीहरूलगायत सहभागी भएका थिए। (रासस/सिन्ह्वा)